Wednesday, September 19, 2012

झुठ्को खेती गर्छौ भने गर मित्र !

मेरो खुशी हर्छौ भने हर मित्र !
 झुठ्को खेती गर्छौ भने गर मित्र !

केही दिन फक्रिएर फूल जस्तै
घमण्डले झर्छौ भने झर मित्र !

जित्छ सधै सत्यलेनै जाने हुन्छ
मिथ्या भर पर्छौ भने पर मित्र !

दियो सरी जलाएर मेरै मन
रश्मि तिमी छर्छौ भने छर मित्र !

No comments:

Post a Comment