मेरो लोग्नेको मृत्यु पछि म माथी पर्नु चोट परेको थियो ! लोग्ने बितेको धेरै वर्ष वितिसक्दा पनि म पिडा बाट , आँशु बाट मुक्त हुन अझै सकेकी थिइन | मेरो एक्लोपनले मलाई अरु पिडोल्थ्यो | एक दिन बाटोमा कयौं मान्छेहरुले कुल्चिएर हिंडेको एउटा ढुंगालाई घरमा ल्याएँ र त्यही ढुंगालाई आफ्नो सारा पिडा सुनाउन सुरु गरें , सुख , दुख सबै सबै त्यही ढुंगालाई सुनाउथे , त्यही ढुंगासँग रुन्थे ! त्यही ढुंगासँग हाँस्थे ! दिनहरु बित्दै गयो र म त्यस ढुंगाको धेरै नजिक भएँ ! त्यो ढुंगा नै मेरो लागि दुनियाँको सबै भन्दा अमुल्य , प्रिय बनिदियो ! मेरो आत्माले त्यस ढुंगालाई सबै भन्दा उच्च स्थान दियो त्यसैले मैले त्यस ढुंगालाई मन्दिरमा राखेर देउता बनाएर पुज्ने निर्णय गरें !
उसप्रतिको मेरो श्रद्दा , भक्ति र विश्वास ले गर्दा होला त्यस ढुंगामा प्राण आयो अर्थात मैले बनाएको देउता म सँग बोल्न थाल्यो | म मेरो जीवनमा धेरै खुशी भएँ यति धेरै खुशी कि मैले मन्को सारा सारा पिडा , वेदनाहरु पूर्ण रुपमा महसुस गर्न नै भुली सकेंकी थिएँ | मेरो देउता म सँग मान्छे सरह बोल्न थालेको थियो | उसको मन्को इच्छाहरु भन्न थालेको थियो र मनले चाहेका कुराहरु माग्न थालेको थियो | उसको हर इच्छालाइ पुरा गर्नु मैले आफ्नो कर्तव्य सम्झे र पुरा गर्दै गएँ |
गर्दा गर्दै दिनहरु यस्तो पनि आउन थाल्यो कि उसको मागहरु साँच्ची नै पिडादायक बन्न थाले मेरो निम्ति | जसरी मन्दिरको देउताले विभिन्न पशुपंक्षीको भोग मागेर मानिसको मन्को इच्छाहरु पुरा गराइदिने आश्वासन दिने गर्छ त्यस्तै आश्वासन मैले बनाएको देउताले पनि मलाई दिन थाल्यो | हरेक पल केहि न केहि कुनै न कुनै सम्झौतामा बाँध्न थाल्यो मलाई | उसको हरेक मागले मलाई पिडोल्न सम्म पिडोल्यो | उसको लागि म कति सम्म सम्झौता गर्न सक्थे र ? उसको हजारौ मागहरु कहिले सम्म पुरा गर्न सक्थे र ? उ हिजोको दिनहरुमा जस्तै मेरो कुरा आज सुन्दैनथ्यो मात्र आफ्नै मागहरु पुरा हुनुपर्छ भन्ने जिद गर्थ्यो | विस्तारै उ मेरो नजरमा गिर्दै गयो र निर्जीव सरह बन्दै गयो त्यसपछी मैले मेरो मुटु माथी ढुंगा राखेर त्यो मैले बनाएको देउतालाई जहाँ बाट ल्याएँ त्यही लगेर राख्दिने निर्णय गरें | कयौ मान्छेहरुले कुल्चिएर हिंडेको ढुंगालाई मैले नै देउता बनाएँ र आज तिमीले नै मैले बनाएको देउता बाट ढुंगा बनाइदिन मलाई बाध्य बनायौ | तिमी त ढुंगा नै थियौ हिजो र ढुंगा नै हौ , तिमीलाई कही कतै दुख्दैन र कहिल्यै दुख्ने पनि छैन , दुख्थ्यो भने तिमी प्रति गरेको मेरो स्रद्दा , प्रेम र विश्वासलाई यसरी आफ्नो स्वार्थको निम्ति प्रयोग गर्ने थिएनौ | मलाई माफ गर मेरो देउता म तिम्रो सारा सारा मागहरु सधै भरी पुरा गर्न सक्दिन किनकि म त एक साधारण मान्छे न परें जो तिम्रो उपासक बन्न सक्छ तर देउता होइन | त्यसैले म आज तिमीलाई त्यही ठाउँमा लिएर / त्यही ठाउमा छोडेर जादैछु जहाँ तिमी थियौ र जहाँ तिमी बस्न , राज गर्न योग्य छौ !
Nikai ramro katha, padhi sake pachi comment nagari rahana sakina
ReplyDelete