तिम्रै बाटो हुँदै झर्छु सम्झौता पत्र तयार गर !
जे जे गर्न पर्छ गर्छु सम्झौता पत्र तयार गर !
तोडेर पो किन टुट्थ्यो आत्माको डोर पवित्र आज
वास तिम्रै घर सर्छु सम्झौता पत्र तयार गर !
परिक्षा नै परीक्षाको पासोमा पार्नु माया हो भने
आँशु खोली एक्लै तर्छु सम्झौता पत्र तयार गर !
आगो टेक्दै तिमी सम्म आउनु भन्ने आग्रह मानी
तिम्रै बनेर म मर्छु सम्झौता पत्र तयार गर !

सजना जी का रचना हरु उत्कृष्ट र पठन योग्य छन्.......
ReplyDelete