Monday, October 1, 2012

म मान्छे बन्ने प्रयत्न गर्दैछु ...


कयौं पटक एकान्तमा आँशु पिई रहें ,
भाग्यलाई दोष दिंदै
आफै माथी गुनासोको भारी विसाइ रहें ,
प्राप्ति नै प्रेम हो भनि
प्रेमलाई ?
मात्र हासिल गर्न चाहें ,
तिमीसंगको संयोगले मुटु टुक्रे पनि

सौभाग्य नै ठान्छु आज
धेरै कुरा जाने ......,
त्यो ठुलो मनमुटु लिएर
धेर्यताको साथ मलाई झेल्दै 
तिम्ले प्रेमको सही अर्थ बुझायौ र पो
तिम्ले मेरो सारा गल्ती औल्याई दियौ र पो
आफ्नो सारा गल्ती सुधारेर
म मान्छे बन्ने प्रयत्न गर्दैछु !
म मा रहेको सारा निकृष्टतालाइ मेटेर
तिम्रै आदर्शलाई पच्छ्याउँदै
हो , म मान्छे बन्ने प्रयत्न गर्दैछु !!!

No comments:

Post a Comment