Tuesday, October 2, 2012

तिम्रै प्रेम्को घुम्टो ओढी


तिम्रै प्रेम्को घुम्टो ओढी लजाउने चाह कति कति !

तिम्रै साथ्मा संसार मेरो सजाउने चाह कति कति !

 

हुन्थ्यो भने सम्बन्धको निर्णय त्यो मेरै हातमाथी

आफ्नो ठानी तिमीलाई कजाउने चाह कति कति !


 

मागी साथ मिलेदेखि तिम्रै दिल्को रानीबनी सदा  

तिमी सँगै मिली ताली बजाउने चाह कति कति !

 

जगतमा मेरोनिम्ति अन्मोल छौ रत्नसरी भन्दै

कोहिनुर सँग तिमी दजाउने चाह कति कति !

No comments:

Post a Comment