आफ्नो बनाएर
यी आँखामा अनगिन्ति सपना बसाएर
मेरो संसार तिमी सँगै सजाएर
बाँच्छु भन्ने सारा वाचा तोडी
अरुकै हात तिम्ले थामी दिंदा
यो मन भरी तिम्रो याद बोकेर
एक्लै म कहाँ जाउँ ?
विरानो लाग्छ बस्तीहरु
स्वार्थी देख्छु मान्छेहरु
मिथ्या जस्तो लाग्छ सारा आभासहरु
लुटिए झै लाग्छ श्रद्दा अनि विश्वासहरु
एउटै आशा तिमी मेरो
तिम्ले नै आज छोडी दिंदा
यो मन भरी तिम्रै बात लिएर
एक्लै म कहाँ जाउँ ?
सजना गुरुङ “ प्रयत्न “
No comments:
Post a Comment