Saturday, October 13, 2012

तिमी विनाको हर प्रहर ..


खुशी छु भन्दै
जति हाँस्न खोजेपनि ,
मनमुटु भीष्म दुखाइमा
रोइरहन्छ भित्र भित्रै आफैसंग लुकेर ,
सम्हालिन खोज्दा खोज्दै
टुट्छु फेरि त्यही पीडाको आभाससँगै ,
छटपटिन्छु ,
तड्पिन्छु ,
पानीविनाको माछा जस्तै हुन्छु ,
उजाड लाग्छ जीवनरुपी बस्ती
बोझ लाग्छ जीउँदो हुनुको हरेक अभासहरु
साँच्ची ! आज
बाँच्नु मै पूर्णविराम लगाइदिउँ कि ?
यही सारीले पासो लगाएर ,
या यही छुराले हातको नशा काटेर ,
या त विषको प्याला पिएर ,
अति कठिन हुदैछ जिउनलाई ,
आँशुको महासागर पिउनलाई
किनकि 
तिमी विनाको हर प्रहर
शुन्य शुन्य लाग्छ मलाई !

No comments:

Post a Comment