Tuesday, October 30, 2012

जिवनको अन्तिम पलसम्म !

खुशी हुँदै हाँस्न पाउँ जिवनको अन्तिम पलसम्म !
तिमीसँगै बाँच्न पाउँ जिवनको अन्तिम पलसम्म !


दुख होस् या सुख तिम्रै अंगालोमा बाँधिएर सदा
अटुट नाता गाँस्न पाउँ जिवनको अन्तिम पलसम्म !


सम्बन्धको अर्थ बुझी एकअर्काको निम्ति मनभित्र
चोखो प्रिती साँच्न पाउँ जिवनको अन्तिम पलसम्म !


राजीखुशी स्वइच्छाले साथ निभाउदै हर मोड्मा
कुम जोड्दै नाँच्न पाउँ जिवनको अन्तिम पलसम्म !

No comments:

Post a Comment