Tuesday, October 30, 2012

मौका हेरी छेउ सर्नेहरु कति कति !

मौका हेरी छेउ सर्नेहरु कति कति !
मलाइ नै माया गर्नेहरु कति कति !


चाहे देखि मैले मेरो एकै इशारामा
डाली बाट भुइँ झर्नेहरु कति कति !


तिम्रोसामु झुक्दा मै हुँ कत्ति नभनभो
मेरो पनि पाउ पर्नेहरु कति कति !


नहेप्नु है धेरै मलाइ पाउने आश्मा
परीक्षाको सिन्धु तर्नेहरु कति कति !


अति भयो अब घुर्की नदेखाउ धेरै
सजना कै निम्ति मर्नेहरु कति कति !

No comments:

Post a Comment