Monday, November 12, 2012

प्रेरणा


समय सकुनी बनी
तिम्रो पथमा समस्याको पासो फ्याँकी
तिमीलाई पराजित गराउँदा
विचलित हुँदै
सन्ताप कत्ति नगर्नु है ,
 बस त्यो पल
यी शब्दभित्र जीवित मलाई सम्झ
म तिम्रो हृदयमा
प्रेरणा बनी जन्मिनेछु

तिमीलाई तिम्रो जीवनको
त्यो खुट्किला टेकेर
अगाडी बढ्न प्रोत्साहित गर्नेछु ,
 र
 सधै
गरिरहनेछु .........!

No comments:

Post a Comment