Tuesday, November 20, 2012

सार्थक हुन्थ्यो म जन्मेको !

सत्य कर्म गर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !
 श्रेष्ठ बनि मर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

चेतनाको आँखा खोली अँध्यारो यो संसारमा
शिक्षा ज्योती छर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

लौरो बनि बाआमाको बुढेसकालको सहारा भै
 दुख कष्ट हर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

भोकै सुत्ने बस्ती तिर खाली पेटको चारो हुँदै
अंजुलीमा झर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

देखाएर सही बाटो प्रेरणाको विजन बनी
सब्को मन्मा सर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

No comments:

Post a Comment