Wednesday, January 16, 2013

खरानी


यस धर्तीमा जन्म लिई
आफैलाई परजीवी बनाई
विलासितामा रम्नु भन्दा
आलस्यताको सम्राट बनी
अवसरहरु गुमाउनु भन्दा
नकारात्मक सोंच्दै
आफैले आफैलाई पछाडितिर धकेल्नु भन्दा
सारा डर , कायरपन
... सारा अहंकार ,
सारा क्रोध त्यागी
जीवन र जगतको
अर्थ खोजौ
परिचय खोजौ
सत्कर्म र सद्गुणले
सबको मानसपटलमा
दिव्य दृष्टान्त बनी
प्रेरणा र उत्साहको
सबलाई समेट्ने बाटो कोरौ
यो हाम्रो घर भत्किएर खरानी बन्नु पुर्व
यो हाम्रो जीवन सिद्दिएर खरानी बन्नु पुर्व !


सजना गुरुङ " प्रयत्न "

No comments:

Post a Comment