Tuesday, January 15, 2013

मुक्तकहरु

१,

जीवनरुपी वृक्षमा चेतनाको फल फलाउन सक्छौ
हिम्मत गर सुकेको बोटमै तिमी पलाउन सक्छौ
तत्पर हुनु आफै नै हर परिस्थितिको सामना गर्न
आत्माबलले जाँची हेर वैरी समय ढलाउन सक्छौ !

२,

अब देखि तिम्रो मेरो बस्ने छत एउटै भयो
फरक सोंच भए पनि दिने मत एउटै भयो
नजिकटाढा जे भएनि ढुक्क छु तिम्रै साथमा
लक्ष्य एकै,गन्तव्य एकै हिड्ने पथ एउटै भयो !


सजना गुरुङ " प्रयत्न "

No comments:

Post a Comment