Tuesday, January 29, 2013

बलात्कार गर्नु नयाँ कुरा हो र ?

बलात्कार गर्नु नयाँ कुरा हो र ?
झुन्डिएर मर्नु नयाँ कुरा हो र ?

सरकारी शोषक बाट सधै जनता
अन्यायमा पर्नु नयाँ कुरा हो र ?



सानो चोट लाग्दा आफै निराश हुँदै
ओराली नै झर्नु नयाँ कुरा हो र ?

मौका पाएपछि पैसाको त्यो लालच
रोग जस्तै सर्नु नयाँ कुरा हो र ?


सजना गुरुङ

No comments:

Post a Comment