Tuesday, October 8, 2013

गजल

पिरतीको यो बगैचामा, संगै फूलौ झरौ भन्दा !
नाता तोडी अन्तै लाग्यौ संगै यात्रा गरौ भन्दा !

आशा रोपी मेरो मन्मा योग्य छैनौ भनी छाड्यौ  !
एक-अर्काको हात थामी जीवन नदी तरौ भन्दा !

अगाडी पो बढ्नु पर्छ भनी आफै पछि फर्क्यौ !
आँशु मेटी जिन्दगीमा खुशीको रंग भरौ भन्दा !

सहासीको पाठ पढाइ कायर बनी रुक्यौ तिमी !
हिममत गरी कि त बाँचौ कि दुवै नै मरौ भन्दा !!

No comments:

Post a Comment