Tuesday, January 15, 2013

तीन मुक्तक

१,

जिन्दगीमा आशिष भर्छन् मधुर ती बातहरु
कर्म गर्न सधै अगि सर्छन् परिश्रमी हातहरु
सन्त्रास बीच पनि बाँच्ने इच्छा प्रबल बन्छ
जीवनमा वर्षी दिंदा प्रेरणा र स्नेहका खातहरु !

२ ,

सबै मनको रहर बाँच्छ मेलमिलापले नै
गाउँ बजार शहर बाँच्छ मेलमिलापले नै
क्रोध, डाह इर्श्याले त खति मात्र हुन्छ है
आफ्नो पनको ठहर बाँच्छ मेलमिलापले नै !

३,

शंका होइन चोखो सम्बन्धको डर मा बाँचौ हामी
हर परिस्थितिमा साथ निभाउने कर मा बाँचौ हामी
कहिले आँशु बाँड्दै कहिले खुशी बाँड्दै जिन्दगीमा
यसै गरी सधैभरी एकअर्काको भर मा बाँचौ हामी !


सजना गुरुङ " प्रयत्न "

No comments:

Post a Comment