Tuesday, January 15, 2013

केही मुक्तक

१ ,

आफ्नो बर्बादी आफै कोर्छन् रुपहेरी मर्नेहरु
जानी जानी भुल दोहोर्याई ओराली झर्नेहरु
मनको सुन्दरतालाई चिन्न सिक समय हुँदै
चोखो माया लत्याएर अन्तै बसाईं सर्नेहरु !!

२,

अन्याय धेरै नगर है सबको सामु थुक्नु पर्ला
जिन्दगीको भिग माग्दै यै खुट्टामा झुक्नु पर्ला
अत्याचार अति हुँदा ढुंगा बोल्छ , मुडा बोल्छ
अवला सम्झी नहेप है जिउँदै नर्ग पुग्नु पर्ला !

३ ,

त्योआँखाको पानी चिन्छु नदुख भो मेरो सामु
    माया गर्छु भन्दै फेरी नभुक भो मेरो सामु
टुक्रा टुक्रा पारी छोड्यौ हिजो तिम्ले यही मन
मौका देउ जोड्छु भन्दै नझुक भो मेरो सामु !


सजना गुरुङ " प्रयत्न "

No comments:

Post a Comment