Thursday, May 24, 2012

15 , गजल

केटा छेउ नजाउ करेन्टले हान्छ बाबै !
केटी निर नबस चुम्बकले तान्छ बाबै !

गर्नु गर्यो बैशले राम्री केटी मानी भने
गधा बनि मान्छेनै बोकेर पो लान्छ बाबै !


बोके दार्ही पालेको उँट खुट्टे काले देख्दा
आधा बैँसे मनैमा पहिरोपो जान्छ बाबै !

कलियुगे कमाल कस्तो गर्व गर्दै हेर
मान्छे सारा पशुको काम नाम धान्छ बाबै !

No comments:

Post a Comment