पलपल तिम्रो यादमा तड्पी रुन्छु एकान्तमा !
असहय हुँदा तिम्रो तस्वीर छुन्छु एकान्तमा !
नसोंचेका पीडाहरु सहनु पर्दा जिन्दगीमा
मनका सारा बहहरू आँसुले धुन्छु एकान्तमा !
...
खोटो मेरै भाग्य होकी झुठो तिम्रो मायाजाल
मरीमरी बाँच्नु पर्दा सयौकुरा गुन्छु एकान्तमा !
मौसम होइन प्रीति मेरो क्षणक्षणमा बदलिने
राखी तिमी मनभित्र सपना बुन्छु एकान्तमा !
तिम्रै मुहार देख्छु वरिपरी आँखा खोलि हेर्दा
कसरी भुलु म तिम्रै आवाज सुन्छु एकान्तमा !

No comments:
Post a Comment