Sunday, May 27, 2012

म निर्णय लिन असफल हुन्छु....

तिम्रो माया बाडिदा तिम्रो अतितको भागहरुमा
अनायासै ,
 नचाहेरै पनि मेरो मनमा चोट पर्न जान्छ ,
मेरो मायाको परिधि यति साँघुरो लाग्दैनथ्यो
तर तिमी त्यसरी यादहरुमा रम्दा
म अनि मेरो मायालु मन
त्यसै त्यसै छट पटिना पुग्छ
अनि आफ्नो निम्ति एकलौटी माया हेर्न चाहने
यी मेरा नायन निराश बन्न पुग्दा
रोक्दा रोक्दै आसुको धारा बगाउन बाध्य बन्छ ,
म निर्णय लिन असफल हुन्छु
 म सही गरिरहेछु या गलत ?
म अप्रत्यक्ष हारिरहेछु या जितिरहेछु ?
 आफ्नै कुरुपता र कमजोरीमा
अपशोच गर्दै आँसु बहाई रहेछु ,
तिम्रो मन बर्तमान को अपहेलना गरी
यस्तरी बिगतसंग नजिकिएको सहना नसकी
म पीडाले ,
म वेदनाले ,
म रीस अनि डाहले
भित्र भित्रै पिडोली रहेछु !
आफ्नो पराजय स्वीकार्न नसकी
पलपल मृत्युको अग्निमा जलिरहेछु .....!

No comments:

Post a Comment