Sunday, May 27, 2012

21 , गजल

 सिकाइ देउ, कोहि मलाइ ,चोट दिदै हाँस्न !
 हरेक दिन, फेर्दै साइनो ,नौलो माया गाँस्न !

के पाएँ मैले , घात केवल , अर्पि दिंदा सबै
सिक्दैछु आज , रित्ति सकेर , आफ्नो निम्ति बाँच्न !


बाठाले जित्ने , हार्ने सोझानै , सर्छन् घाती अगि
 पिरती झुठो , गर्दै अरुको , चोखो माया जाँच्न !

कसम खाइ , संगै जिउने , स्वार्थ लुटी हिड्छौ
निर्दयी बनि , सक्छौ कसरी , मन्को डाली भाँच्न !

हिसाब राखी , अब सबको , उस्तै हाल गर्छु
चुनौती दिदै , आएँ म पनि , रंग्मंचमा नाँच्न !

No comments:

Post a Comment