पासो फ्याँक्दै फेरिपनि मेरै सामु ढल्यौ साथी !
मेरो खुशी देखी किन यती धेरै जल्यौ साथी ?
बैरी बन्यौ आफै मेरो , मेटी सारा सखी भाव
कुन बद्ला लिनलाई हर मोड्मा छल्यौ साथी ?
कठोर् बनी अगि सर्यौ , लुट्न मेरो सिंदुर् पनि
कुन लक्ष्य लिई तिमी विष भित्र फल्यौ साथी ?
दण्ड मिल्छ जुनी जुनी , बुरा कर्म गर्दा धेरै
जानी जानी किन फेरि खराब् मार्ग चल्यौ साथी ?
सही कुरा मागी हेर , पाउनेछौ सबै थोक
डाह गरी दुष्ट बनी रिस्मा किन बल्यौ साथी ?

No comments:
Post a Comment