संसार वार्षिक रुपमा जति पुरानो हुदै गईरहेको छ , त्यती नै विकसित पनि | पृथ्वीमा मानिसको चाप अत्यधिक मात्रामा बढिरहेको छ | प्रतेक प्राप्तिको निम्ति सुरुका दिनमा शिक्षा , सुबिधा , साधनको अभावले मानिसको जीवनशैली जति कठिन र संघर्षशील थियो आज मानिस शिक्षित , सुविधा सम्पन्न भएरै पनि त्यो भन्दा जटिल , कठिन जीवनशैली जिउन वाध्य छ |
आज मानिसले हर प्राप्तिको निम्ति प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रतिस्पर्धा गरीरहेकै छ , चाहनाले होस् या बाध्यताले ? हरेक मानिस जीन्दगीको प्रत्येक दौडमा विजयी बन्न चाहन्छन् ! सर्वश्रेष्ठताको ताज पहिरिएर सफलताको सिंहासनमा विराजमान हुन चाहन्छन् तर थोरै मात्र विजेता हुन्छन् जो आफ्नो कडा परिश्रम र निरन्तर प्रयासकै कारण सफल हुने गर्छन् |
यस संसारमा धेरै यस्ता मानिसहरु छन् जसले जीवनलाई अवसर होइन अभिशाप सम्झने गर्दछन् , मात्र बोझ र बाध्यताको रुपमा स्विकारेका छन् | मानिसले चाहेको , रोजेको , मागेको धेरै कुराहरु लाखौ प्रयास पश्चात पनि नपाउँदा , प्रतिकूल परिस्थिति सँग पराजित हुन पुग्दा मानिसमा निराशापनले जन्म लिन पुग्दछ ! मानिस भित्रको निराशापनले गर्दा दिनप्रतिदिन मानिस अगाडी बढ्नुको सट्टा अरु पछाडी धकेलिएका छन् सपांग अपाङ्ग , साक्षार वर्ग , शिक्षित वर्ग , र विशेष गरी विकासोन्मुख देशका युवा वर्ग जसलाई देशको कर्णाधार मानिन्छ | एक मानिस सक्रिय बन्दा उसको सक्रियताले उसको निजि जीवन मात्र प्रभावित नभई उसको परिवार , समाज र राष्ट्रलाई नै प्रभावित पारिरहेको हुन्छ भने निराश हुँदा पनि ठिक यसरी नै सबैलाई प्रभावित पार्ने गर्दछ |
मानिसको जिन्दगीमा धेरै धेरै मोडहरु आउने गर्दछन् , जसद्वारा मानिस निराश बन्न पुग्छन् | गरिबी , अभाव , बेरोजगार , प्रेममा धोका , कुरुपता , असफलता यस्ता धेरै कारणहरु छन् जसले गर्दा मानिस निराशाको खाडलभित्र जाक्किन पुग्दाछन् र त्यस खाडलबाट बाहिर निस्कनुको बदला मानिस आफै आफ्नै निम्ति अरु निराश बनेर आफैलाई मृत्युको मुखमा धकेल्न आत्तिने गर्दछन् , कोहि ड्रक्स चरेस जस्तो भयानक लागुपदार्थको प्रयोग द्वारा त कोहि आत्महत्या द्वारा ! हामी सपांग भएरै पनि विवेकशील , चेतनशील भएरै पनि , सक्षम भएरै पनि आफैले आफैलाई कम्जोर , असक्षम घोषित गरी सबैदेखी आफैलाई पछाडी धकेली दिन्छौ | आफ्नो गल्ती , कमिकम्जोरीहरु सुधार गर्दै हिम्मत जुटाई आशावादी बनेर अगाडी बढ्नुको सट्टा हार मानि यती सुन्दर जीवनलाई निराशा र शुन्यतामा कैद गरिदिन्छौ जहाँ जीवनको समाप्ति र अन्त्य बाहेक मानिसले अरु केही न देख्न सक्छ ? न हि आभास गर्न ?
मदर टेरेशा ले भने जस्तै हरेक मानिसले जीवनलाई एक अमुल्य अवसरको रुपमा स्वीकार गरी मानव जीवनको प्रयोग गर्ने हर कोशीस गर्नु पर्दछ ! हरेकले र उत्प्रेरित गरिरहन्छ ! त्यसकारण जीवनको हर मोडमा , हर परिस्थितिमा , हर लडाइँमा , हर दौडमा पराजित हुन पुगेंछौ भने पनि , खुशीको ठाउमाआफुले पाएको मानव जीवन सँग प्रेम गर्न अति आवश्यक छ ! किनकी मानिस जेसँग प्रेम गर्दछ त्यो उसको निम्ति अति प्रिय अनि महत्वपूर्ण हुनको साथै त्यस चीजको सुरक्षा गर्न पनि सधै हर परिस्थितिमा आत्मा देखिनै तत्पर रहने गर्दछ | प्रेम यस्तो सद्गुण हो जसबाट आशाको जन्म हुन्छ र आशा एक यस्तो शक्ति हो जसबाट मानिस को सोचाई बुझाई सकारात्मक बन्न जान्छ | आशाले मानिसलाई उसको अस्तित्व खोजी गर्न निरन्तर प्रेरित गरिरहन्छ ! आशाले मानिसलाई साहसी बनाइ उसको लक्ष्य हासिल गर्नलाई निरन्त कतै मन दुख्न पुगेपनि , सम्मान पाउनु पर्नेमा अपमान हुन पुगेछौ भने पनि , जीन्दगीको यात्रा एक्लै गर्ने परेता पनि आफुले पाएको यो मानव जीवनलाई प्रेम गरौ र सधै आशावादी भएर अगाडी बढौं , किनकी सारा दुख , पीडा , हार , ठक्कर , तिरष्कार र अपमान भन्दा जीवन धेरै माथी छ , अमुल्य छ र यो जीवनमा केही सुकर्म गर्ने कोशिश गरौं ! निरन्तर प्रयास गर्यौ भने हामी पनि एकदिन अवश्य सफल हुनेछौ !
सजना गुरुङ
No comments:
Post a Comment