बर्षौंदेखि एउटा छाँया खोजिरहें
जसले मलाई पच्छ्याउँदै आवोस् ,
हरपल मेरो वास्ता गर्दै
म सँग एक अटुट प्रीत लावोस् ,
मेरो हात थामी निराश मनमा
आशाको ज्योति बालोस् ,
हिजोआज ..
यो अधुरो चाहले तरवार बनि
रेट्ने गर्छ मलाई हरपल ,
कहिले पीडा बनि ,
कहिले हार बनि
त कहिले सन्ताप बनि !
म रुन्छु हर रात
बन्द गरी आफैलाई एक अँध्यारो कोठामा
निर्जीव भित्ताहरु सामु !
कहिले टाउको ठोकी रहन्छु
निर्जीव भित्ताहरु मा ,
म आफै जान्दिन
खै कुन , कस्तो , के आशा लिएर
यो घाइते मनको दुख रित्त्याउन
म हर रात आँशु बहाउने गर्छु
यो निष्प्राण , निष्क्रिय , निर्जीव भित्ताहरु सामु !
जसले मलाई पच्छ्याउँदै आवोस् ,
हरपल मेरो वास्ता गर्दै
म सँग एक अटुट प्रीत लावोस् ,
मेरो हात थामी निराश मनमा
आशाको ज्योति बालोस् ,
हिजोआज ..
यो अधुरो चाहले तरवार बनि
रेट्ने गर्छ मलाई हरपल ,
कहिले पीडा बनि ,
कहिले हार बनि
त कहिले सन्ताप बनि !
म रुन्छु हर रात
बन्द गरी आफैलाई एक अँध्यारो कोठामा
निर्जीव भित्ताहरु सामु !
कहिले टाउको ठोकी रहन्छु
निर्जीव भित्ताहरु मा ,
म आफै जान्दिन
खै कुन , कस्तो , के आशा लिएर
यो घाइते मनको दुख रित्त्याउन
म हर रात आँशु बहाउने गर्छु
यो निष्प्राण , निष्क्रिय , निर्जीव भित्ताहरु सामु !
No comments:
Post a Comment