Thursday, May 24, 2012

3, गजल

दिनुसम्म चोट दियौ भो माया लाउँदिन अब !
ए निष्ठुरी ! तिम्रोपछी म पुनः धाउँदिन अब !
               
दुष्ट त्यो व्यवहारले कोमल मन रेटी दियौ
सम्झेर तिमीलाई गीत कुनै गाउँदिन अब !

                   
जब चाहेऊ नाता जोड्यौ ,चाहेनौ तोडी दियौ
भो नाटक नरच , तिम्रो साथ आउँदिन अब !
                    
दोष देखी रह्यौ सधै ,निश्छल यो मायामा
बिना गल्ती हिजो जस्तै माफी माउँदीन अब !

No comments:

Post a Comment