Thursday, May 24, 2012

4 , गजल

दुखपनि मिलि सहे हुन्छ झगडा गर्नु सही होइन !
बिपत्तिमा आँसु झारी हार मानेर मर्नु सही होइन !

हुने छैन मान हानी दुबै मिलेर हाँसीखुशी बसेमा
संगै खाको वाचा तोडी भर अरुकै पर्नु सही होइन !

...
धैर्य गर्नु संकटमा सारा समस्या टर्दै टर्दै जानेछ
आत्तिएर निर्णयको काली जंघार तर्नु सही होइन !

उही काख उही प्रेम अन्त पाउने छैनौ याद राख है
पछी रुनु पर्ला धेरै भेष अर्कैको धर्नु सही होइन !

सधै खुशी कोनै छ र,सबै ठाउँमा छुट्टाछुटै अभाव
देशै बिर्सी बिदेशमा झट्टै बसाईं सर्नु सही होइन !

No comments:

Post a Comment