मार बरु क्रोध अहम्ता , मर्न नदेउ प्रेमलाई !
बीज रोप दया मायाको , झर्न नदेउ प्रेमलाई !
जब मर्छ प्रेम दानव बनि कुकर्म गर्छ मान्छे
सम्भालेर राख , घृणाले, हर्न नदेउ प्रेमलाई !
प्रेम बाटै मेल मिलाप , सुरु सुकार्य जगतमा
लोभ, छल कपटभित्र , पर्न नदेउ प्रेमलाई !
परिवार ,देश ,समाज ,तिमी सहारा हौ सबको
पाप गर्दै खोलि धनको, तर्न नदेउ प्रेमलाई !

No comments:
Post a Comment