Thursday, May 24, 2012

8 , गजल

कुकर्म गर्दा धेरै , सजायले हरेछ विचरा !
 तोकोस केको मोल प्रेमपुष्पै झरेछ विचरा !

घमंड थियो हिजो सम्म जुन रुपको उलाई
 मुहार त्यहि लुकाएर बस्नु परेछ विचरा !


फालेको थियो हिजो जुन थाल थुकेर उसले
रुपियाँ दिंदा त्यहीं खान अघि सरेछ विचरा !

धेरै नै मस्ती गर्ने चाह थियो अरुको धनमा
पापको अग्नि भित्र डर्नु सम्म डरेछ विचरा !

सोचथ्यो होला हुन्छ भनि सबै मानिस कम्जोर
जीउँदै आफ्नै जाल्मा परि आफै मरेछ विचरा !

 

No comments:

Post a Comment