Thursday, May 24, 2012

गजल

नेता जति रुपियाँको खात मागी हिड्छ !
लोग्ने मान्छे नारीसँग रात मागी हिड्छ !

हेर यहाँ मान्छेपिच्छे भिन्दा भिन्दै माग
खाते सधै मैलोसँग भात मागी हिड्छ !


कोहि लुकी गर्नेहरु कोहि देखाउदै
इशाराले बुढो ठिटो मात मागी हिड्छ !

सकेसम्म बलै गर्छन् गुलाबै त्यो टिप्ने
नपाएमा कसै गरी पात मागी हिड्छ !

लालचको मोहनीले ताने पछी कठै
पागल झै धनीको त लात मागी हिड्छ !

No comments:

Post a Comment