Thursday, May 24, 2012

गजल

पीडा मेटी मन्मा खुशी , छर्छौ रातो गुलाब !
कोहि आको मन्मा आभास् , भर्छौ रातो गुलाब !

दुइ आत्मा बीच सदा ,नाता जोड्न गहिरो
प्रेम भेटी बनि बास , सर्छौ रातो गुलाब !


अवाक् हुन्छु प्रिय मान्छे , जब सामु आउँछ 
बोली आफै महान् कार्य , गर्छौ रातो गुलाब !

तिम्रो सार बुझ्नलाई , खुबी कहाँ मान्छेमा
दुइ मुटु जोडी आफै , मर्छौ रातो गुलाब !

No comments:

Post a Comment