Thursday, May 24, 2012

गजल

झरेपछि फल्न नसक्ने सत्य तितो !
आफैलाई छल्न नसक्ने सत्य तितो !

मृत्यु भित्र बाँच्ने कोशिश गर्नै पर्ने
बिष पिई ढल्न नसक्ने सत्य तितो !


भोगें आज कति विवश हुन्छ मान्छे 
आफु खुशी चल्न नसक्ने सत्य तितो !

केही क्षण पीडा सहेर नाश हुने
काठ सरी जल्न नसक्ने सत्य तितो !

No comments:

Post a Comment