Thursday, June 7, 2012

म टुट्ने छैन !

तिमी चाहे मेरो च्ररित्रहिन्ताको इतिहास रचा
या मेरो अस्तित्व मेटाउने षड्यन्त्र रचा,
दुनियको सामु मेरो बद्नाम गर्दै हिड ,
मेरो सारा आफ्ना भन्नेहरुलाई
मेरै विपक्षमा खडा बनाउ ,

मेरो जिन्दगीको यो बिसँगतिपुर्ण पल मा पनि म
तिम्रो मिथ्या आरोप सँग भयभित हुनेछैन ,
मेरो दुनियाबाट नै अलग्गिएर
एक्लो बस्नुपरे पनि
म टुट्ने छैन र कहिल्यै टुट्ने छैन !


हो म नारी हु तर निहत्था सम्झने भुल नगर ,
सही र सत्यतालाई धर्ती बनी
विशाल वात्सल्यामा नुनु गराउन सक्छु भने ,
तिम्रो शैतानी सोच र हर्कतलाई
ज्वालामुखी बनेर शखाप पार्नलाई पनि
रत्तिभर हिच्किचाउने छैन ,
छाडिदेउ सपना देख्न कि तिम्रो लान्छना सँग त्रर्सिएर्
म पनि कायरहरु जस्तै मृत्यु चुन्नेछु ,
या त आफुलाई दोषी बनाइ सजायको कोठिमा थुन्नेछु ,
या फेरी अफैलाई नजरबन्द गराउनेछु ।
तिमी तिम्रो भ्रष्टताको परिचय यसरिनै गर्दै जाउ
तिमीले खनेको खाडल मा तिमी आफै गाडीनेछौ
मेरो यात्रा रोकिने छैन कहिले रोकिने छैन !

No comments:

Post a Comment