Tuesday, June 12, 2012

गजल


 बद्नाम छु यो घुम्टो उघारी मेरो नाउ नसोध्नु !
 पीडा बनि दुख्छौ तिमी मनमा यो घाउ नसोध्नु !
            
तिमी माथी विश्वास गर्दा बर्बाद भएँ यस्तरी
कलंकित छ बस्ने बस्ती मेरो त्यो ठाउ नसोध्नु !

                      
राज गर लाश हुँ म हाँस्दीन फ्याँक नोट जति
सक्नेछैनौ किन्न तिमी यी आँसुको भाउ नसोध्नु !
                 
प्रेमले नाँचे , डरले नाँचे , अब मरे  नाँच्ने छैन
सुनको पाउजु देखाई पापी छुन यो पाउ नसोध्नु !

बद्नाम छु यो घुम्टो उघारी मेरो नाउ नसोध्नु !
पीडा बनि दुख्छौ तिमी मनमा यो घाउ नसोध्नु

No comments:

Post a Comment