म जान्दछु र आभास गरिरहेछु ,
तिम्रो प्रेमिले छल गरेर बलात्कार गर्दा पनि ,
तिम्रो पवित्र , निश्छल मनले
प्रेम र बलत्कारको फरक छुट्याउन सकेन,
तिम्रो विश्वाश र भावना हरुसँग
उसले यती निर्ममतापुर्वक खेलवाड गर्दा पनि ,
तिमी समर्पन र स्वार्थको अर्थ बुझ्न सकिनौ ।
आज ,
उसले जानी जानी तिमीलाई धोका दिएर गएको छ ,
जहाँ आशा , भरोशा र सहाराका
अवशेसहरु सम्म भेटिदैन
त्यस्तो भयंकर स्थान ,
जहाँ जीवनको कल्पना सम्म गर्न सकिंदैन ,
त्यही मरुभुमिमा तिमीलाई फ्यालिदिएको छ ।
आमा !
ऊ सँगको यो वियोगमा बिचलित भएर
उसले दिएको यो घात , बद्नामी सँग अतालिएर
तिमी गलत निर्णय लिंदैछौ ,
आमा !
मेरो आवाज सुन ;
म तिम्रो गर्भमा हुर्किरहेको नवशिशु बोल्दैछु !
यो वियोग ,
यो परिस्थिती ,
यो बद्नामी ...,
यीसबको अन्त्य भन्दा
हाम्रो जीवन धेरै मुल्यवान छ ।
आमा !
म तिमीलाई न्याय दिलाउन चाहन्छु ,
तिमीमा लागेको कलंक मेटाउन चाहन्छु ,
त्यसैले म जन्मन चाहन्छु ,
संसारलाई हेर्न चाहन्छु ,
समस्या र सास्तिहरुसँग जुध्दै
सफलता र सम्मानका पलहरु प्राप्त गर्न चाहन्छु ।
आमा ...., विन्ती ,
कायर बनी आत्महत्या होइन ,
विरंगना बनी हाम्रो जीवन चुन !
तिम्रो प्रेमिले छल गरेर बलात्कार गर्दा पनि ,
तिम्रो पवित्र , निश्छल मनले
प्रेम र बलत्कारको फरक छुट्याउन सकेन,
तिम्रो विश्वाश र भावना हरुसँग
उसले यती निर्ममतापुर्वक खेलवाड गर्दा पनि ,
तिमी समर्पन र स्वार्थको अर्थ बुझ्न सकिनौ ।
आज ,
उसले जानी जानी तिमीलाई धोका दिएर गएको छ ,
जहाँ आशा , भरोशा र सहाराका
अवशेसहरु सम्म भेटिदैन
त्यस्तो भयंकर स्थान ,
जहाँ जीवनको कल्पना सम्म गर्न सकिंदैन ,
त्यही मरुभुमिमा तिमीलाई फ्यालिदिएको छ ।
आमा !
ऊ सँगको यो वियोगमा बिचलित भएर
उसले दिएको यो घात , बद्नामी सँग अतालिएर
तिमी गलत निर्णय लिंदैछौ ,
आमा !
मेरो आवाज सुन ;
म तिम्रो गर्भमा हुर्किरहेको नवशिशु बोल्दैछु !
यो वियोग ,
यो परिस्थिती ,
यो बद्नामी ...,
यीसबको अन्त्य भन्दा
हाम्रो जीवन धेरै मुल्यवान छ ।
आमा !
म तिमीलाई न्याय दिलाउन चाहन्छु ,
तिमीमा लागेको कलंक मेटाउन चाहन्छु ,
त्यसैले म जन्मन चाहन्छु ,
संसारलाई हेर्न चाहन्छु ,
समस्या र सास्तिहरुसँग जुध्दै
सफलता र सम्मानका पलहरु प्राप्त गर्न चाहन्छु ।
आमा ...., विन्ती ,
कायर बनी आत्महत्या होइन ,
विरंगना बनी हाम्रो जीवन चुन !
Add caption |
No comments:
Post a Comment