Tuesday, June 12, 2012

गजल

मनको कुरा मनमै तिमीले लुकाएर हिड्यौ किन ?
व्यर्थै  आँसु झारी मन दूखाएर हिड्यौ  किन ?
के भन्दैछौ तिमी मलाई पाइना कुनै मेसो हजुर,
नबुझाई मनको  कुरा फुकाएर हिड्यौ  किन ?


पहिलो भेट के भनु खै लाज लाग्ने रैछ हजुर,
हिच्किचाइ माथ तिमीले झुकाएर हिड्यौ किन ?

भेट हुने संजोग नी आजै हो प-या हजुर,
यति राम्रो मौका तिमीले चुकाएर हिड्यौ  किन ?

ईशाराले भएपनी भनिसक्या कुरा हजुर,
थाती राखी भोलीलाई रुकाएर हिड्यौ  किन ?

No comments:

Post a Comment