Monday, June 25, 2012

आँशुको सिन्धु तर्नलाई आशावादी बन्नु पर्छ !
खुशीको रंग भर्नलाई आशावादी बन्नु पर्छ !

सचेत बनि हिड्दा हिड्दै दुर्भाग्यले लड्न पुग्दा
उठेर केही गर्नलाई आशावादी बन्नु पर्छ !


कोशिश गरे हाँस्न सक्छौ पिडाभित्रै पनि हामी
मुस्कान चोखो छर्नलाई आशावादी बन्नु पर्छ !

जित्नेछ आत्म विश्वासले हार कुल्ची अगि बढौं
विजयी रुप धर्नलाई आशावादी बन्नु पर्छ !


बाँचेर आफै अरुलाई बचाउन निराशामा
प्रेरणा बनि सर्नलाई आशावादी बन्नु पर्छ !

No comments:

Post a Comment