Monday, June 25, 2012

खुशीहरु भर्दै आउछ कोही मेरो जिन्दगीमा   !
एक्लोपन मेट्दै छाउछ कोही मेरो जिन्दगीमा !

अर्थ नयाँ दिई दाखिल हुँदै सारा आभासमा
माया गर्छु भन्दै धाउछ कोही मेरो जिन्दगीमा !


निराशामा आशा जन्माई हौस्ला दिंदै दुखमा नि
प्रेरणाको गीत गाउछ कोही मेरो जिन्दगीमा !

विरंगना जस्तै चोटमा हाँसी बाँच्न सिकाउदै
अनौठो त्यो गुण लाउछ कोही मेरो जिन्दगीमा !

No comments:

Post a Comment