Wednesday, June 20, 2012

आमा बन्न चाहन्छु !

वर्तमानमा
एउटै इच्छा र अभिलाषारुपी करौतीले
एकोहोरो मन मस्तिष्क चिरिरहन्छ ....
म भित्रको नारीमन

म भित्रको नारीपन
सम्भोग विना

पुरुष विना
विवाह विना
सुहागरात नमानाएर नै
सन्तानको चाह गर्दै छ ,
हजारौ जाति
हजारौ थरी
हजारौ छोरा छोरी
आफ्नो ममतामयी वात्सल्यमा हुर्काउने इच्छा गर्दै छ ,
हो ! म भित्रको यो असहाय
यो ठगिएको प्रेम द्वारा
एक्लोपनमा निराश हुँदै रोइ रहेकाहरुलाई हसाउन चाहन्छु ,
सन्तान बनाइ उनीहरुलाई
सुन्दर प्रेममयी बस्ती बसाउन चाहन्छु ,
ममताको अस्तित्व अर्थ्याउदै
सम्बन्धको नयाँ इतिहास कोर्दै
एक्लै
विचार र भावनाको पवित्रतामा
हजारौ सन्तानहरुको
एक्ली
एकलौटी आमा बन्न चाहन्छु !

No comments:

Post a Comment