Tuesday, June 12, 2012

म र तिमी ...

 म सत्यतामा जीउन मन पराउने नारी ,
झुठो वचनहरुको घुम्टो ओढी तिम्रो सामु आउन चाहिन ,
तिम्रो क्षणिक प्रेम पाउने लालचमा ,
आँफैलाई सुन्दर देखाउनलाई
कृतिमताले श्रींगारीन चाहिन ,
सत्यता ,
समझदारिता ,
इमान्दारिता
मेरो जिन्दगीको यही भागबाट
नयाँ सम्बन्धको सुरुवात गर्न चाहें !


मेरो सत्यता
शायद ,
तिमीले सोचेको भन्दा पृथक थियो,
मेरो समझ
शायद ,
तिमी भन्दा धेरै माथि थियो !

तिमी सत्यतालाई दबाएर
झुठ्को बुनियतमा बाँच्न मन पराउने मान्छे ,
तिमी मन र तनको सौन्दर्यलाई
अर्थ दिन नजान्ने मान्छे ,
तिमी समर्पणको अन्त्य गरेर
स्वार्थमा रम्ने मान्छे ,
फेरि तिमी कसरी ?
मेरो सत्यतालाई बुझ्न सक्थ्यौ र ?
मेरो समझलाइ परिभाषित गर्न सक्थ्यौ र ?

त्यसैले त भन्न मन लाग्छ ,
म उज्यालो दिनको निम्ती
आँफै जल्न मनपराउने मान्छे ,

तिमी उज्यालो ल्याउनलाई
अरुलाई जलाउने मान्छे ,
तिमी ,
जल्नु र जलाउनु बीचको पृथकता बुझ्दैनौ ,
म सत्य लुकाउन जान्दिन

तिमी मेरो इमान्दारिताको कदर गर्न सक्दैनौ !!

1 comment:

  1. बहिनी यो रचना हाम्रो नेपाली साहित्यिक रचना भण्डार www.pallawa.com.np मा प्रकाशन हुँदै छ, हेर्न नभुल्नुहोला । त्यहाँ अन्य गीत, गजल, कविता र अन्य खोजअनुसन्धान मूलकलेख–रचनाहरू ५,००० ओटा भन्दा बढी विविध साहित्यिक लेख–रचनाहरू प्रकाशन भैसकेकाछन् । तसर्थ यहाँले पनि उक्त साइट हेरेर साहित्यिक मधुरसमा रमाउनुहोस । र तपाईंले पनि आफ्नो फोटोसहित अन्य लेखरचनाहरू मेरो इमेलः gorkhesailo@yahoo.com मा पठाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

    - गोर्खेसाइँलो (ऋषिप्रसाद लामिछाने)
    अध्यक्ष पल्लव साहित्य प्रतिष्ठान
    एवम् ‘प्रमुख सम्पादक’
    पल्लव साहित्यिक ई–पत्रिका
    ९८५५०५५३५१, ९८०४२५५३५१

    ReplyDelete