युवक !
तिमी यसरी निराश बनेर
जीवनको अनमोल पलहरुलाइ
कुँजो बनाइ हारको धरातालमा लडाई राख्न सक्दैनौ
उठ !
तिमीले उठ्नै पर्छ
तिम्रो आमाको यापना बदल्नै पर्छ
उनको आशारूपी घरको छानो
तिम्रै सहासी विचार
र
तिम्रै परिश्रमी हातद्वारा छाईनु पर्छ
अभावका किरण नछिर्ने गरी
आँशुका धारा नचुहिने गरी !
No comments:
Post a Comment