Tuesday, June 12, 2012

पर्खाल !

स्वतन्त्र फिर्न इच्छुक मेरा एक एक चाह अनि रहरहरु
हिजो पनि
कर्तव्यको पर्खाल भित्र निर्मम्तासाथ थुनिएको थियो ,
आफन्तको आश्रय र अधिनतामा
दास बनेका मेरा हर निर्णयहरु
बली चढ्ना वाध्य भएपनी
मनको एकछेउमा 
आशाको मुहान फुट्थ्यो ,

त्यही आशामा
मैले आफ्नो श्वासप्रश्वासलाइ निरन्तर्ता  दिएकी थिएँ ,
एक दिन त अवश्य पनि
म ,
यो असमानताको ,
यो उचनिचको पर्खाल नाघेर
तिमीसम्मा आउनेछु भन्ने बिश्वासमा
तर दुर्भाग्य !
तिमीले पनि आफ्नो अहमतामा
प्रेम र प्रतिक्षा को अन्त्य गरिदियौ ,
विवशताको जन्जिरदेखी फुत्कन प्रायसरत मेरो मनलाई ,
निराशाको बुर्का पहिराइदियौ ,
मेरो विश्वाश अनि आशाहरुलाई लत्याई 
मलाई चुपचाप पराजित घोषित गरिदियौ !
मेरो आफन्तले जस्तै  
आज फेरी तिमीले हामीबीच  
अर्को एक पर्खाल निर्माण गरिदियौ ,
जसलाई नाघेर म तिमी सम्म कहिल्यै आउन सक्नेछैन !
जसलाई मेटेर म तिम्रो प्राप्ती कहिल्यै चाहने छैन !

1 comment:

  1. chhyaajalo,sis solid poetry on classical theme social discrimination and betrayal on love.Thank you.

    ReplyDelete