Tuesday, June 12, 2012

विवशता...

यो वर्तमानमा कतै तिमी र म भेट हुँदा
विना सम्बोधन , विना मुस्कुराइ
यि नायनहरु त्यसै झुकछन्  भने ,
तिमीसँग तर्किन्छन्  भने
मलाई केही नसोध !


एउटा भीषण विवशताको पहाडले थिचिएका
हामी दुई विवश मान्छे ,
वर्षौ पछीको आकस्मिक सम्योगमा पनि
एक अर्कालाई पाएको खुशीमा
रमाउन सक्दैनौ ,
एक अर्काको अंगालोमा बाँधिएर
आफ्ना खुशी र पिडाहरु व्यक्त गर्न सक्दैनौ ,
हिजो
विवशतामा छुटिएका हाम्रा साथहरु र सम्बन्ध बीच
दुरीहरु यती बढीसकेछन्  कि ,
आज हामी दुई एक अर्काको सम्मुखमा पर्यौ भने
हामी दुई जीउँदो  मान्छे ,
हामी दुई श्वासप्रश्वास चलिरहेको मान्छे ,
निमेष भरमै निर्जिव मुर्तिमा रुपान्तर हुन्छौ ,
यती लाचार छौ कि
निर्जिव तस्विरमा मात्र सिमित भै दिन्छौ !!

No comments:

Post a Comment