Monday, June 25, 2012

निबन्ध- दुखद क्षणहरु

जिन्दगीमा नसोचेका ठाउँहरुमा घाउ लाग्दो रहेछ र नसोचेका दुखहरु झेल्नु पर्दो रहेछ यदपि हामी सही हुँदाहुदै पनि कतिको नजरमा गलत ठहरिन पुगिने रहेछ ! निर्दोष भएरै पनि आफ्नै हरुको नजरमा दोषी बन्न पुगीँदो रहेछ ! जिन्दगीका यी दुखद क्षणहरु चुपचाप सहनु पर्दा आज सम्म यही सोचिरहे , शायद म श्रापित छु र पापी पनि जसको सजाय म भोगिरहेछु हरपल र आफैलाई आफ्नाहरुको सामु निर्दोष साबित गर्न नसक्दा छियाछिया परेको पिडित मन लिई मात्र रोइरहन्छु , एक्लै एकान्तमा रोइरहन्छु !



रमाउने कोशिशमा अरु धेरै दुखि बन्न पुग्छु , हाँसोहरुको खोजि गर्दा आँसुको महासागरमा डुब्न पुग्छु ! बस अब त किताबहरुनै घनिष्ट मित्र बन्न पुगेको छ पहिले जसरी ! एकहप्ता अगाडी एउटा किताब हात लाग्यो , शिर्षक हो , 'परमेश्वर कहाँ हुनुहुन्छ जब म दुखमा हुन्छु ?' जसका लेखक लाजरस थुलुंग हुनुहुन्छ ! यो पुस्तक बाइबलमा आधारित छ र म आफै पनि एक बिश्बासी भएकोले धेरै उत्सुक भए पुस्तक पढेर सिद्याउनालाई ! पुस्तकको हर पाना पढेर रोएँ , जहाँ दुख कष्टलाई वास्तविक रुपमा प्रष्ट्याईएको छ र वास्तविक अर्थ लगाइएको छ ! बाइबलीय दृष्टिकोणमा हामी किन दुख भोग्छौ ? किन परमेश्वरले उहाँका पवित्र जनहरुलाई कष्टबाट भएर जानादिनुहुन्छ ? यस्तै धेरै बिषय वस्तुलाई समेटी गवाही र साक्षीहरुको उदाहरण सहित जिबनमा आइपर्ने दुखद क्षणहरुको व्याख्या गरिएको छ ! लेखक स्वयमको अन्धो बालक जन्मदा खेरिको पीडाको आभासले स्तब्द बनायो मलाई ! डेब र उनकी श्रीमती लेहा दुबैजना एक सम्मेलनमा बोलिरहेको बेला उनीहरुको तीन वर्षे छोरा पानीको ट्यांकी मा डुबी मर्दा उनीहरु माथि पर्दाको कष्टकर र पीडादायी क्षण को त म कल्पना गर्नसम्म सक्दिन ! हाम्रा प्रभु येशु ले पनि सही र पवित्र हुदाहुदै पनि धेरै कष्टकर जीबन जिउनु भएको थियो भनि बाइबलले बोल्दछ ! मैले मेरो जिन्दगीमा मात्र ती दुखद क्षणहरुलाई सम्झी सधै अपशोच गरिरहे , धिक्कारे यो जिन्दगीलाई र प्रभुसंगे कयौ पटक प्रार्थनामा मेरो मृत्यु मागें तर आज लाजरस थुलुङ्गको यो पुस्तकले मलाई दुखहरुको , कष्टहरुको , चोटहरुको र पीडाहरुको अर्थ लगाउन सिखाएको छ ! दुखामै धेर्यता जन्मदो रहेछ , कष्टमै महानता श्रीजना हुदोरहेछ र पीडाका एकएक थोपा आँसुहरुबात दृढता जन्मिदो रहेछ र परिश्रमका एकएक थोपा पसिनामा सफलताको मुहान फुट्ने रहेछ ! अब देखि म मेरो जिबनमा आइपर्ने कुनै पनि दुखमा बिचलित हुनेछैन बरु अरु खुशी हुनेछु किनकी म परमेश्वरको अरु नजिक हुनेछु र ती दुखहरुको प्रयोग गरी अगाडी बढ्ने छु ! अहिन्दा कहिले आफैलाई अभागी सम्झी धिक्कराने भूल गर्नेछैन ! बस हरेक कष्ट अनि पीडा र आरोपहरुबाट पार हुदै परमेश्वरको प्रेमपूर्ण छहारीमा रही जिन्दगीलाई अर्थपूर्ण बनाउने हर कोशिशमा लाग्नेछु !
आज सम्म जो मानिस दुख कष्ट अनि बेदनाहरुको मार्ग भएर अगाडी बढे उनीहरु नै समाजमा एक उदारणीय मानिस बन्न सफल भए ! जोनी एरिक्सन जो एक अपाङ्ग , अशक्त भै पांग्रे कुर्शीमा बसी जिउनु परेता पनि उनको त्यो वेदनाबाट आज एक दर्जन भन्दा बडी किताबको जन्म भएको छ ! स्वर्गीय फेनी क्रस्बिको जीवनी पढ्दा उनी सानै छँदा उनकी आमाले आँखाको उपाचार गर्न डाक्टरको गलत औसधीको प्रयोगले उनी अन्धी हुन पुगिन उनको त्यो ज्योतिबिहिन अवस्थामा उनले धेरै दुख कष्ट सहिन र त्यो पीडापूर्ण बाटोबाट भएर जानु परेता पनि उनले बिश्व ख्रीष्टियान इतिहास मा तारा बनि उदाइन र नौ हजार भन्दा बढी ख्रीष्टियन भजनहरु लेखिन ! यी सब जानेपछि प्रभु म हजुरसँग जिन्दगीमा स्वेच्छाले दुख कष्ट त माग्दिन तर मेरो जीवनमा आइपर्ने सारा दुखहरु , कष्टहरु मा म हजुरलाई धन्यबाद दिनेछु र ती दुखबाट गुजरिदै ती दुखहरुलाई प्रयोग गर्नेछु हजुरकै योजना अनुरुप र हरदम हर परिस्थितिमा उही बिश्वास उही दृढतामा हजुरको स्तुति महिमा गर्दै मेरो जिन्दगीका दुखद क्षणहरु बाट भएर जानेछु !

No comments:

Post a Comment