तिम्रो काखमा बिताएको रातै रमाइलो !
आमा तिमीले सिकाएको बातै रमाइलो !
गल्ति हुँदामा पिटेपनि माया गर्दै पछी
मिठो आभास दिने तिम्रो हातै रमाइलो !
खेल्थे कहिले बाबासंग धेरै लुकामारी
हाँसी स्वतन्त्र बितेको त्यो मातै रमाइलो !
म नै सबको प्यारी थिएँ छोरी भएपनि
फुल सम्झेर टिपेको त्यो पातै रमाइलो !
यता जाउ कि उता जाउ माया दिने धेरै
प्रीतै प्रीतको बर्षिने त्यो खातै रमाइलो !
आमा तिमीले सिकाएको बातै रमाइलो !
गल्ति हुँदामा पिटेपनि माया गर्दै पछी
मिठो आभास दिने तिम्रो हातै रमाइलो !
खेल्थे कहिले बाबासंग धेरै लुकामारी
हाँसी स्वतन्त्र बितेको त्यो मातै रमाइलो !
म नै सबको प्यारी थिएँ छोरी भएपनि
फुल सम्झेर टिपेको त्यो पातै रमाइलो !
यता जाउ कि उता जाउ माया दिने धेरै
प्रीतै प्रीतको बर्षिने त्यो खातै रमाइलो !
No comments:
Post a Comment