कठपुतली बनाइ आफैलाई
पैसा फ्याक्ने हरुसामु कसरी नांच्छौ तिमी ?
आफ्नो इज्जत आफै बेची
कुन विजयको घोषणा गर्दै
यसरी दिल खोलेर हास्छौ तिमी ?
तिम्रो कुकर्म देख्दा
घिन लाग्छ अब मलाइ ,
दिदीबहिनी भनि सम्बोधन गर्न पनि !
आफ्नै सन्तान लाइ टुहुरा बनाइ
आफ्नो लोग्नेलाई बद्नाम गराई
बिदेशी संग धनसम्पति को लालचमा
बिदेशीको ओच्छ्यान बनि
बिदेशीको योवन तृप्तिको खेलौना बनि
आफ्नै स्वाभिमानको गला घोट्दै ,
आफ्नै अस्मिताको घुम्टो उतार्दै
कसरी बाँच्न सक्छौ तिमी ?
आफुलाई बेश्या घोषित गर्दै ?
आफ्नो भविष्यलाई अन्धकारतिर ढाल्दै ?
सम्पूर्ण नेपाली आमाहरु ,
पतिब्रता ती स्वास्निहरु
अनि पवित्र अरु नारीहरुको
वर्तमान अनि भविष्यमा सयौ प्रश्नहरु रोप्दै
कसरी बाँच्न सक्छौ तिमी ?
सारा नेपाली नारी चरित्रमै दाग लगाउदै .......!
No comments:
Post a Comment