Monday, October 22, 2012

म एक्लो कहाँ छु र ?


म एक्लो कहाँ छु र ?
दिन जाग्छ मै सँग ,
रात सुत्छ मै सँग,
संसार मै सँग बाँच्ने गर्छन् ,
जिन्दगीको यात्रामा
लाखौ मानिसहरु मै सँग
हिड्ने गर्छन् ,
कोही मेरो अगि हिड्ने गर्छन्
कोही मेरो पछि
त कोही मेरो पाइला सँगै पाइला मिलाएर ,
मान्छे नै मान्छेको जमातमा
साँच्चै भन्छु ,
म एक्लो कहाँ छु र ?
मात्र ...
फरक यति न हो
भीड भित्र
हराउन पुग्दा खोज्ने कोही छैन ,
दुर्भाग्याले लड्न र लुटिन पुग्दा
मेरो वास्ता गर्दै सोध्ने कोही छैन !!
 

No comments:

Post a Comment