Thursday, October 4, 2012

धेरै मुटु दुख्छ मेरो !

बढी दिंदा पीर व्यथा धेरै मुटु दुख्छ मेरो !
 बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो !

सजिलो नै कहाँ छ र चोट सही हाँस्नलाई
 खुशीहरु सधै भरी आँशु सामु झुक्छ मेरो !
 बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो !!


लगाएर बारहरु जोगाउन खोज्दा खोज्दै
स्वार्थी एकै किरा लाग्दा आशाहरु सुक्छ मेरो !
 बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो ! !

उज्यालोमा साथ दिई खाँचो पर्दा अँधेरीमा
 औशिको त्यो रातमा झै भाग्य चन्द्र लुक्छ मेरो !
 बाँच्ने इच्छा हुँदाहुँदै आफै सास रुक्छ मेरो ! !

No comments:

Post a Comment