Tuesday, November 20, 2012

यही मंसीरमा !

स्वामी मानी छुन्छु तिम्रै पाउ यही मंसीरमा !
फेर्छु अब मेरो घर, थर नाउ यही मंसीरमा !


 चाहीदैन हिरा मोती हार मन मिल्यो भने
खोज्दिन भो म त कत्ति भाउ यही मंसीरमा !


 थाती राखी कामकाज सारा अरु भन्दा अघि
यी हात माग्न मेरै घरमा धाउ यही मंसीरमा !


 विधिपुर्वक तिम्रो दिल्को सुन: रानी बनाएर
संसारैको सफल माया लाउ यही मंसीरमा !


 जुनीभर्को अटुट नाता जोड्न डोली जन्ती ल्याई
..........सजनालाई नै लिन आउ यही मंसीरमा !

No comments:

Post a Comment