Monday, November 26, 2012

युवा ! हामी ,


कोही बाध्यतामा प्रदेशियौ,कोही सुखबिलासको मोहमा ।
कुँदी हेरेउ मुर्तिका अनेक  रुप  भेटिंदो  रहेछ  लोहमा ।
युवा ! सोंची हेरौ नेपाली भै देशका कर्णधार हामी नै ।
युवा ! देशको छानो भत्किंदा छाउने सन्तान हामी नै ।

देश , बन्जर भुमिमा पसिना बगाउने आग्रह गर्दैछ ।
डायस्पोरिक योजना भन्दा हाम्रो उपस्थितिको चाह गर्दैछ ।
युवा ! हामी देशका संबाहक अब स्वदेशमै फर्की केही गरौ ।
आफ्नो निजी स्वार्थको त्याग गरी आमाको आशा पूर्ण गरौ ।


युवा ! हामी परिश्रमी इमानदारी र व्यावहारिक बनी ।
सारा नैराश्यता , गुनासो र हिनताबोधको अन्त्य गरी ।
पाइला पाइला सहास ,स्वाभिमानका अमिट छापहरु छोरौ ।
आउ,सबै मिली एकिक्रित विवेकले नेपालको सुभाग्य कोरौ ।    

No comments:

Post a Comment