जब म तिमीलाई सपनीमा देख्छु ,
अतितका कन्दराहरुमा लुकामारी खेल्न पुग्छु ,
बिगतका केही क्षण र केही पलका
सम्झनाहरु मेटाउन नसक्दा ,
एक्लिनुको आभास ,
पारिवारिक बन्धनभित्र जीउनुको बाध्यता ,
पाइलै पिच्छेका सन्त्रासहरु
अनि ,
हर रोजाइहरुलाई तिलान्जली दिँदै ,
यो अपशोच ,
यो आत्माग्लानी ,
यो अभिशापमय जीबनको पहाड बोकेर घस्रिरहनुपर्दा
बिपना धेरै खट्टो र तितो लाग्न थाल्छ ,
यो निश्चित परीधिभित्र तड्पी तड्पी बाँच्नु भन्दा त
अचेल निंदरीको स्वप्नील संसारमा जीउन मन लाग्छ !
त्यो स्वप्नील संसारमा ....,
जहाँ विना कुनै वाधा अवरोध
आफ्नै इच्छा र रोजाईहरुमा
जीवनको एकएक पल मेरै निर्णयमा बाँच्न सक्छु ,
आफ्नाहरुलाई साईनो र सम्बन्धका
कुनै मुल्य चुकाउनु पर्नेछैन ,
सम्झौताका कुनै करारहरुमा
मेरा खुशीहरुले बली चढ्नु पर्नेछैन ,
हो ,
अचेल मलाई त्यही
मेरो निंदरिको स्वप्नील संसारमा जीउन मनलाग्छ ,
जहाँ , म पूर्ण तरह स्वतन्त्र भै
निडर र निश्फिक्री सँग हाँस्न सक्छु ,
र जीवनलाई अशिष सरह बाँच्न सक्छु !!!
No comments:
Post a Comment